समाचार

अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्छ – महामन्त्री गगन थापा

By अर्जुन भट्टराई

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् ।

बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट बिजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अव आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका हुन् ।

उनले कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय निर्वाचनले गरेको दावी गरेका छन् । यसपटकको स्थानीय निर्वाचन आम निर्वाचनको झल्को दिने खालको भएको उनले बताए । यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिलेको परिणाम आएको थापाको भनाई छ ।

महामन्त्री थापाले अव मुलुकमा नयाँ अध्याय सुरु भइसकेको भन्दै कसैको आलोचना नगरि अघि बढ्नुपर्ने तर्क गरे । त्यस्तै उनले अवको निर्वाचनमा उम्मेदवार चयनमा पार्टीले बिशेष ध्यान दिने बताएका छन् ।

थापाले स्थानीय तहमा पार्टीले घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न जनप्रतिनिधिहरु गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.