संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।
समितिले सरकारले सिफारिस गरेको २० जना प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने क्रममा दुई जनामाथि भने गम्भीर प्रकृतिको उजुरी आएको भन्दै अध्ययन समिति बनाएको थियो । उजुरी अध्ययन गर्ने क्रममा कुनै औचित्य नदेखिएपछि मिश्र र रायको नाम अनुमोदन गरिएको सभापति कर्णले बताए ।
यसअघि समितिले बिभिन्न देशका लागि प्रस्तावित १८ राजदूतहरुको नाम अनुमोदन गरिसकेको छ ।
सम्बन्धित समाचारहरु:
भिरबाट लडेर डोटीमा गर्भवतीको मृत्यु
काठमाडौंलाई उत्कृष्ट पालिकाको रुपमा स्थापीत गर्छु -सिर्जना सिंह
अब व्यवसायीहरु अनुसासनमा बस्नुपर्छ - जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल
निर्वाचनलाई असर पर्ने कुनै पनि सामाग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह
आजकाे माैसम : केही भागमा वर्षा हुने सम्भावना
आज ११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस