नीति तथा कार्यक्रम र बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन प्रचण्डद्वारा आफ्ना सांसदलाई निर्देशन

सारांश :

नेकपा (माओवादी केन्द्र)ले सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश हुने आगामी आर्थिक वर्षको बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रियताका साथ रचनात्मक तवरले भाग लिन सांसदलाई निर्देशन दिएका छन्। प्रचण्डले आगामी आवको नीति तथा कार्यक्रमले लिन लागेको नीति र लक्ष्यका बारेमा सांसदलाई जानकारी गराएका थिए । माओवादीका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सक्रियताका साथ छलफल प्रक्रियामा भाग लिन र विषय वस्तुको गम्भीरतालाई बुझेर काम गर्न निर्देशन दिएको बताएका छन् ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सांसदले दिएको सुझावका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गरिएको जानकारी गराएका थिए।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!