विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु

सारांश :

उदयपुर जिल्लामा मतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना सुरु भएको छ ।
पुनः मतदान गराउने कि मतगणना गर्ने विवादमा निर्वाचन आयोगको बैठकले मतगणना गर्नु भनेर निर्णय गरेको हो । केन्द्रबाट आयोगको निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा प्राप्त भएकाले मतगणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवाले जानकारी दिए । त्रियुगा नगरपालिका वडा नम्बर १२ मा मतदान विवाद हुदाँ त्रियुगा नगरपालिकाको मतगणना हुन सकेको थिएन । मतदान विवादले मतगणना प्रभावित बनेपछि निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीलाई उदयपुरको विवादको अध्ययन गर्न खटाइएको थियो । आयुक्त भण्डारीले उदयपुर पुगेर राजनैतिक दल, मतदानमा खटिएका कर्मचारीका साथै स्थानीयसँग राय लिएपछि आयोगले मतगणना सुरु गर्ने निर्णय भएको थियो ।

बैशाख ३० गते अपरान्ह करिव साढे ४ बजेसम्म भएको मतदानमा करिव ५४ प्रतिशत मत खसेकोमा पानी परेपछि स्थगीत भएको मतदान पुन सुरु हुन नसक्दा विवाद भएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!