नेपाल पर्वतारोहण संघको सोमबार हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान

सारांश :

नेपाल पर्वतारोहण संघको सोमबार हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गैरीधारा सिल्भर ओक बैक्वेटमा बोलाईएको सभा बहिष्कार गर्न सबै सदस्यहरुलाई आग्रह गरिएको हो । संघका निर्वतमान अध्यक्ष आङछिरिङ शेर्पा, पुर्व अध्यक्ष जिम्मा जाङबु शेर्पा र कार्यसमिति सदस्य तुल्सी गुरुङले संघको गैरवैधानिक ३१औं साधारणसभा स्थगन गर्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन् । संघको साधारणसभा विधानविपरित रहेका भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि कुनैपनि कामकारबाही नगर्न आदेश दिएको उनीहरुको भनाई छ । संघका बहुसंख्यक सदस्यहरु, आरोहीहरु, पर्यटन मजदुरहर तथा पर्यटन व्यवसायीहरु हिमाल आरोहण तथा टेकिङ पेशामा काठमाडौं उपत्यकाभन्दा बाहिर ब्यस्त रहेको मौका छोपेर २ वर्ष अगाडि नै कार्यकाल समाप्त भइसकेका कार्यसमितिले संघको विधानविपरित केन्द्रीय सचिवालयले सोमबार गर्न लागेको साधारणसभा स्थगन गर्नुपर्ने उनीहरुको माग छ । पत्रकार सम्मेलनमा बोल्दै निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पाले नेपाल पर्वतारोहण संघको कार्यकाल सकिएर २ वर्ष हुँदापनि कार्यसमितिको चुनाव गर्ने पहल नगरेको आरोप लगाए ।

यसअघि समयमा गर्नुपर्ने केन्द्रीय कार्यसमितिको निर्वाचनलाई गौण बनाई विषयलाई पुनः निरन्तरता प्रदान गर्दै ३१औं वार्षिक साधारणसभा ०७८ चैत्र ९ गते बोलाइएकोमा पाटन उच्च अदालतको अन्तरिम आदेश पश्चात् स्थगित गरिएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!