समाचार

हावा हुरी सहितको असिना पानीले केरा खेतिमा ठूलो क्षति

By अर्जुन भट्टराई

शनिबारराती आएको आएको हावा हुरी सहितको असिना पानीले कपिलवस्तुका बिभिन्न ठाउमा कृषकले लगाएको केरा खेतिमा ठूलो क्षति पुर्याएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ उपटहवा उतमनगरमा शंकर पाण्डेले लगाएतको केरा खेतीमा पनि ठूलो क्षति पुर्याएको छ भने लाखौँको नोक्सानी भएको छ । करिब १० कठ्ठा जमिनमा लगाएको २ सय केराका घार भुईमा ढलेका छन । पसाईसकेका र भर्खर पसाउन लागेका केरामा क्षति पुगेको पाण्डेले बताए । एक घारमा केराको कोसाबाट १ हजार देखि १२ सय सम्म पर्ने गर्थो तर सबै हावाले बोट सगै फलमा असर परेको छ । साढे २ लाख देखि ३ लाख सम्मकोे मुल्यको क्षति भएको पाण्डेकोे भनाई छ ।

परम्परा गर्त खेति गर्न भन्दा यस खेतिबटा राम्रो आम्दानी र छिटो सफलता हुने भए पछि पाण्डेले २ वर्ष देखि केरा खेति गर्दै आएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.