निर्वाचित उदयपुरका मेयर र अध्यक्षले सपथ ग्रहण लिएका छन्

स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित उदयपुरका मेयर र अध्यक्षले सपथ ग्रहण लिएका छन् ।

बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित मेयर र अध्यक्षले जिल्ला स्थित उदयपुर जिल्ला अदालतमा शनिवार एक समारोहका बिचे सपथ ग्रहण लिएका हुन । शनिवार जिल्लाका ६ पालिकाका निर्वाचित पालिका प्रमुखलाइ उदयपुर जिल्ला न्यायाधीश दिपक खनाले सपथ खाएका थिए । उदयपुरमा चार नगरपालिका र चार गाउँपालिका रहेकामा कटारी नगरपालिकाको मतगणना जारी रहेको छ भने सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा विवादका कारण मतगणना हुन सकेको छैन ।

शनिबार सपथ लिनेहरुमा बेलका नगरपालिकाका नेपाली कांग्रेसका विजयी नगर प्रमुख अशोक कार्की र चौदण्डिगढि नगरपालिकाका नेकपा एमालेको तर्फबाट विजयी नगर प्रमुख कालुमान लामा रहेका छन भने उदयपुरगढि गाउँपालिका अध्यक्ष एकिकृत समाजवादीका मान बहादुर केप्छाकी मगर र ताप्ली गाउँपालिका अध्यक्षमा माओवादि केन्द्रका ढुङ्राज विश्वकर्मा, रौतामाई गाउँपालिकामा अध्यक्षमा माओवादि केन्द्रका विरेन्द्र कुमार मगर, लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मेजर राई निर्वाचित भएसंगै सपथ ग्रहण लिएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!