कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित

कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शिवदायल तिवारी र गुन्जादेवी मौर्या निर्वाचित भएका छन् ।

तिवारीले नेपाली काँग्रेसका उम्मेदवार अनुपकुमार पाण्डेयलाई १ हजार २६२ मतले पछि पार्दै अध्यक्षमा विजयी हुनुभएको हो । विजयी तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका पाण्डेयले ३ हजार २ सय मत प्राप्त गर्नुभयो । त्यस्तै गुन्जादेवी मौर्याले काँग्रेस उम्मेदवार बिन्द्रावती यादवलाई ८ सय ८ मतले हराउँदै विजयी भएका हुन् । उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याएका हुन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी यादवले ३ हजार २३७ मत प्राप्त गरेका छन् । एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित वडा नं. १, २ र ८ गरी तीनवटा वडा जितेको छ । त्यस्तै कांग्रेसले वडा नं. ३ र ७ गरी दुर्ई वटा वडा, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् । यस्तैै यशोधरा गाउँपालिकाका नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिएको हो । ८ वडा रहेको गाउँपालिका मा ४२ जना पदाधिकारीहरु निर्वाचित भएका छन ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!