आर्थिक बर्षमा धेरै नै आयात बढेका कारण अर्थतन्त्रमा चाप परेको छ -वर्षमान पुन

शाराम्स

नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले चालू आर्थिक बर्षमा धेरै नै आयात बढेका कारण अर्थतन्त्रमा चाप परेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिदै उनले निर्यातमा केहि बृद्धि भएपनि आयात धेरै नै भएका कारण अर्थतन्त्रमा चाप परेको बताएका हुन् । उनले स्वदेशी बस्तु उत्पादनलाई प्रोत्साहन नगरेसम्म आयात कम नहुने देखिएको धारण। मुलुकको आर्थिक समस्या समाधानका लािग केही नीतिगत एवं संरचनागत क्षेत्रमा सुधार गर्नुपर्ने उनको भनाई छ । पुनले वैदेशिक ऋणको भुक्तानी र दायित्वमा वृद्धि भएकाले वैदेशिक मुद्राको सञ्चितिमा प्रभाव पर्ने भएकाले यसतर्फ ध्यान जानुपर्ने बताए । उनले ऊर्जा सुरक्षालाई विशेष प्राथमिकताका राखेर लगानी वृद्धि गर्न र जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

त्यस्तै कांग्रेस सांसद गगन थापाले बजेट यस बर्षको कार्यक्रम मात्रै नभई दशकका लागि कार्यक्रम बनाउनुपर्ने बताए । निर्वाचन क्षेत्र बजेट र केही लोकप्रिय नाराको पछाडि मात्र नलाग्न उहाले सरकारलाई सुझाव दिनुभयो । उनले नेपाली उद्योगको राहतका लागि पनि बिशेष योजना ल्याउनुपर्ने बताएका छन् ।

त्यस्तै सांसदहरुले नीति तथा कार्यक्रममार्फत आउने कार्यक्रमहरुलाई कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!