एमालेको आफ्नो एजेण्डा कायमै रहेको छ -नेता लालबाबु पण्डित

सारांश :

नेकपा एमालेका नेता लालबाबु पण्डितले सदनमा बिरोध नगरेपछि एमालेको आफ्नो एजेण्डा कायमै रहेको बताएका छन् ।

बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पण्डितले जनताको अभिव्यक्तिलाई सहज रुपमा प्रवाह गर्ने संसदलाई सहज रुपमा सञ्चालन हुन दिएको तर एजेण्डा नछाडेको बताए ।

उनले स्थानीय तहको मतपरिणाम र प्रतिनिधिसभामा एमालेले देखाएको भूमिका फरक भएको जिकिर गरेका छन् । गठबन्धनको रवैयालाईलाई सफल हुन नदिन फरक बिधि र प्रक्रिया अपनाइने उनले जानकारी दिनुभयो । उनले अहिले आएको स्थानीय तहको मतपरिणामलाई दलहरुले मनन गर्ने बेला आएको बताएका छन् ।

त्यस्तै कांग्रेसका सांसद प्रकाश स्नेहीले बिनाकारण ९ महिना संसद अवरोध गरेको र स्थानीय तहको मतपरिणाम आएपछि पछि हटेको बताउनुभयो । उहाले संसद भंग गर्ने कदमलाई जनताले अस्वीकार गरेको जिकिर गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका नेता मातृका यादवले सदन अवरोध खोल्नु आश्चर्यजनक लागेको र यो सकारात्मक भएको बताएका छन् ।

बिभिन्न बिधेयकहरु अव सहज रुपमा अघि बढ्ने उनको भनाई छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!