समाचार

जनताको मतको सम्मान गर्छु -उम्मेदवार सिर्जना सिंह

By अर्जुन भट्टराई

काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफुले जनताको मतको सम्मान गर्ने बताएकी छिन् ।

राष्ट्रिय सभागृहमा भइरहेको मतगणनास्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सिंहले जति मत आएपनि जनताको मतको सम्मान गर्ने बताएकी छिन् । उनले महानगरमा अझै पनि धेरै मतगणना हुन बाँकी रहेको भन्दै अहिलेसम्मको परिणामलाई सहज रुपमा लिएको धारणा राखिन् । उनले केहि वडामा राम्रो परिणाम आउनुपर्ने भएपनि केहि वडामा सोचेजस्तो मत नआएको जिकिर गरेकी छिन् । उनले मतगणनापछि समिक्षा हुने र अहिले नै निष्कर्षमा पुग्दा हतार हुने उल्लेख गरिन् ।

काठमाडौं महानगरमा ६० हजा बढि मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निकै अगाडी हुनुहन्छ भने एमालेका केशव स्थापीत र कांग्रेसका सिंह तेश्रो स्थानमा रहेका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.