काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफुले जनताको मतको सम्मान गर्ने बताएकी छिन् ।
राष्ट्रिय सभागृहमा भइरहेको मतगणनास्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सिंहले जति मत आएपनि जनताको मतको सम्मान गर्ने बताएकी छिन् । उनले महानगरमा अझै पनि धेरै मतगणना हुन बाँकी रहेको भन्दै अहिलेसम्मको परिणामलाई सहज रुपमा लिएको धारणा राखिन् । उनले केहि वडामा राम्रो परिणाम आउनुपर्ने भएपनि केहि वडामा सोचेजस्तो मत नआएको जिकिर गरेकी छिन् । उनले मतगणनापछि समिक्षा हुने र अहिले नै निष्कर्षमा पुग्दा हतार हुने उल्लेख गरिन् ।
काठमाडौं महानगरमा ६० हजा बढि मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निकै अगाडी हुनुहन्छ भने एमालेका केशव स्थापीत र कांग्रेसका सिंह तेश्रो स्थानमा रहेका छन् ।