स्थानीय तहको निर्वाचनमा धाँधली भएको छ -नेकपा एमालेका सचिव रघुवीर

नेकपा एमालेका सचिव रघुवीर महासेठले स्थानीय तहको निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै महासेठले काँग्रेसले नेतृत्व गरेको गठबन्धनले सत्ताको दुरुपयोग गर्दै निर्वाचनमा धाँधली गरेको आरोप लगाए । उनले सिधै जिल्लाबाट परिचालिन कर्मचारी, सुरक्षाकर्मी निष्पक्ष भएपनि स्थानीय तहमा रहेका कर्मचारी तथा प्रहरीले सन्तोषजनक भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका छन् । महासेठले खसेको मतभन्दा बढि मत भेटिएपनि त्यसलाई मान्यता दिएको आरोप लगाएका छन् । मधेशका बिभिन्न स्थानीय तहमा काँग्रेसले आक्रमण गरी मतदान रद्द गराएको, मतपेटिका कब्जामा लिई फर्जी मत हाल्न लगाएको, कर्मचारीकै कारण मतपेटिकामा खसेको मत भन्दा बढी मतपत्र फेला परको समेत उनको आरोप छ ।

उनले गठबन्धन सरकारले अविल्मव यस्ता क्रियाकलाप बन्द नगरे आफूले कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!