एमाले नै देशको ठूलो पार्टी हो -उपाध्यक्ष इश्वर पोखरेल

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले जनमतको आधारमा एमाले नै देशको ठूलो पार्टी भएको दावी गरेका छन् ।

२९ औँ मदन आश्रित स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंको पुरानो एमाले मुख्यालय बल्खुमा आयोजना भएको कार्यक्रममा पोखरेलले एमालेको पक्षमा संख्यात्मक रुपमा कम जित आए पनि मत परिणामले पनि आफ्नो पार्टीमा जनमत बलियो रहेको दावी गरेका हुन् । उनले आगामी दिनमा पनि जनमतमा टेकेर लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने जिकिर गर्नुभयो । यसअघिपनि गठबन्धनले निर्वाचनलाई टार्ने प्रयास गरेपनि एमाले नै बिफल बनाएको उनको भनाई छ । उनले जनताहरुको पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आवश्यक्ता अझै पनि रहेको उनले बताए ।

त्यस्तै महासचिव शङ्कर पोखरेलले देशलाई कमजोर बनाउने बहाना एमालेलाई मान्य नहुने धारणा राखेका छन् । उनले निर्वाचनको मतपरिणामलाई आफु अनुकुलको बनाउन खोज्ने गठबन्धनको षडयन्त्रलाई बिफल बनाउनुपर्ने बताए ।

कार्यक्रममा नेताहरु सुवासचन्द्र नेम्वाङ, अष्ठलक्ष्मी शाक्य, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु पौड्याललगायतका नेता तथा कार्यकर्ताहरुले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!