निर्वाचन हुन नसकेका स्थानमा छिट्टै सूचना दिएर निर्वाचन गराइने

सारांश :

निर्वाचन आयोगले निर्वाचन हुन नसकेका स्थानमा छिट्टै सूचना दिएर निर्वाचन गराइने जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान स्थगित भइसकेका विभिन्न स्थानहरुमा निर्वाचन भइरहेको र अन्य स्थानमा पनि छिटै निर्वाचन हुने बताएका छन् । उनले केहि घटनाबाहेक मुलुकभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको दावी गरेका छन् । उनले काठमाडौं महानगरमा मतगणनालाई छिटो छरितो बनाउनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार स्थानीय तह निर्वाचनबाट १३ हजार भन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

उनले मतगणनाको नतिजा आयोगको वेवसाइटबाट सहज रुपमा हेर्न सक्ने व्यवस्था गरिएको जानकारी दिएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!