समाचार

भक्तपुर मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित

By अर्जुन भट्टराई

भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भए । उनले २९ हजार २०० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाएका छन् । बिजयी पछि प्रजापतिले जनताको समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै युवाहरुलाई रोजगार सिर्जना गर्ने लगाएतका कामहरु आफुले गर्ने बताए । उनले आफुलाई बिजयी गराउने सबै मतदातालाई धन्यवाद दिएका छन् ।

त्यस्तै उपमेयरमा नेपाल मजदुर किसान पार्टीकै रजनी जोशीले २९ हजार ६९५ मत ल्याएर निर्वाचित

भए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत ल्याएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.