किन गरिँदैन सूर्यास्तपछि देहासंस्कर ??

सारांश :

शास्त्र अनुसार सूर्यास्तपछि अन्तिम संस्कार हुँदैन । तर यसको पछाडिको कारण के तपाईलाई थाहा छ त?? वास्तवमा वैदिक संस्कारमा जम्मा १६ वटा संस्कार छन् । त्यसमध्ये सोह्रौं अर्थात् अन्तिम संस्कारमा अन्त्येष्टिको बारेमा कुरा गरिएको छ। यसमा केही नियमहरू लेखिएका छन्। तीमध्ये एउटा नियमअनुसार सूर्यास्तपछि शव जलाउन पाइँदैन जलाउनु हुदैन, एक त राति दिउसो जस्तो सहज हुदैन । सूर्यास्तपछि स्वर्गको ढोका बन्द हुने र नर्कको ढोका खुल्ने जनविश्वास श्रुतिस्मृतिमा कतै प्राप्त गर्न सकिन्छ । यस्तो अवस्थामा सूर्यास्तपछि अन्तिम संस्कार गरेर आत्माले नरकको पीडा भोग्नुपर्छ भुत-प्रेत-पिशाचबाट पनि विविध कष्ट सामना भोग्नु पर्ने र अर्को जन्ममा पनि उसको अंगमा कुनै न कुनै प्रकारको दोष हुन्छ । त्यसैले सूर्यास्तपछि शव जलाइँदैन । जब सूर्यास्त पछि कसैको मृत्यु हुन्छ, उसको शवलाई अन्तिम संस्कार गर्न सूर्योदयको प्रतीक्षा गरिन्छ।

गुरु -प्रेम खतिवडा

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!