निर्वाचनको तयारी कपिलवस्तुमा अन्तिम चरणमा

बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको तयारी कपिलवस्तुमा अन्तिम चरणमा पुगेको छ ।

महारागञ्ज नगरपालिका बाहेक अन्य सबै ९ वटै पालिकामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्मा सापकोटाले जानकारी दिनुभयो ।उनले सबै मतदान केन्द्रहरुमा मतदान अधिकृतहरु ,मतपेटिका ,मतपत्रहरु पुगेको बताए । त्यस्तै मतदाता परिचयपत्र बितरणसंगै मतदाता शिक्षा कार्यक्रम भइरहेको उनले बताए । मौन अवधिको क्रममा अनुगमन गर्न जादा जुलुस प्रर्दशन केहि नभएको र शान्त बातावरण देखिएको प्रमुख निर्वाचन अधिकृत सापकोटाको भनाई रहेको छ ।

जिल्लामा रहेका २३५ मतदान स्थलमा ४६८ मतदान केन्द्र रहेको छन । जसमा २३३७ जना कर्मचारी र १४०४ जना स्वयसेवक नियुक्त गरि परिचालन गरिएको छ । कांग्रेसको तर्फबाट कपिलवस्तुको महाराजगंज नगर पालिकाको उपमेयरका उम्मेदवार बनेकी शोभावति कुर्मीको मृत्यु भए पछि स्थगित भएको निर्वाचन जेठ ३ गते हुने भएको छ । मतदान भने जेठ ३ गते हुने निर्वाचन अधिकृतको कार्यालयले सुचना जारी गरी जानकारी गराएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!