स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित छ -अध्यक्ष केपी शर्मा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताएका छन् ।

मंगलबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै मुलुकको बिकास एमालेबिना असम्भव रहेको भन्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताए । यसअघि मुलुकका महत्वपूर्ण काम एमालेको सरकारले मात्रै गरेको भन्दै ओलीले एमालेले जितेमात्रै राष्ट्र निर्माणको अभियानले गति लिने दावी गरेका छन् । उनले एमालेसंग मतको स्थीति सुदृढ रहेको र जनताहरुको आकर्षण एमाले प्रति रहेको धारणा राख्नुभयो । गठबन्धनले अदालतमा जाली मुद्धा लडेर एमालेको सरकार ढालिएको उनको भनाई छ ।

अध्यक्ष ओलीले धरहरालाई टावर बनाएर सत्तारुढ दलका नेताहरुले आलोचना गरेको आरोप लगाए । स्वार्थका लागि देशलाई दुर्घटनामा पारिएको भन्दै सत्तारुढ दलका नेताप्रति ओलीले आक्रोश व्यक्त गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!