उम्मेदवार सिर्जना सिंहले जनतासंग गरिएका प्रतिवद्धता पुरा गरेरै छाड्ने – महामन्त्री गगनकुमार थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसअघि महानगरमा एमालेले गरेको प्रतिवद्धता पुरा हुन नसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै थापाले एमालेले अघिल्लो निर्वाचनमा गरेको प्रतिवद्धतालाई पूरा नगरेर मतदाता र काठमाडौंबासीलाई हेपेको बताउनुभएको हो । उनले काम नगर्नेलाई महानगरमा जनताले विश्वास नगर्ने तर्क गर्नुभयो । उनले अव पाँच बर्ष कांग्रेस सरकारमा आउन चाहे जनतासंग गरेका प्रतिवद्धता पुरा गर्नुपर्ने बताउनुभयो । उनले कोरोना संक्रमणको समयमा ५ हजार जनतालाई बचाउन सकिने भएपनि एमाले सरकारकै कारण ज्यान गएको उल्लेख गरेका छन् । थापाले एमालेले पाँच वर्षमा कुनै पनि राम्रो काम नगरेको दाबी गर्दै पाँच दलीय गठबन्धनलाई जिताउन अपिल गरेका छन् ।

त्यस्तै सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले जनतासंग गरिएका प्रतिवद्धता पुरा गरेरै छाड्ने बताउनुभयो । उहाले महानगरमा सुशासन स्थापीत गरेरै छाड्ने जिकिर गरेका छन् ।

उनले महानगरको कुरुप शहरको मुहार फेर्ने दाबी गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!