लोकतन्त्रको विकासका लागि निर्वाचन स्वच्छ हुनुपर्छ -पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले नेपालको निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको जनाएको छ ।

जियोकले मंगलबार काठमाडौंमा निर्वाचनसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै विगतका निर्वाचनभन्दा यस पटकको स्थानीय तह निर्वाचनमा कानुनी तथा व्यवहारिक जटिलताबाहेक निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको पाइएको जनाएको हो । राजनीतिक दलका कार्यकर्ता चुनावी प्रचारप्रसारमा संयमित भएका कारण मतदाताले सुरक्षित महसुस गरेको जियोकले जनाएको छ । पर्यवेक्षणका क्रममा राजनीतिक दलका कार्यकर्ताबीच आपसमा खासै तिक्तता, द्वेष र घृणाको अवस्था नपाइएको, प्रचारप्रसारमा विगतका निर्वाचनभन्दा संयमित भएको पाइएको तथा उम्मेवारी छनोटमा भएको असन्तुष्टिका कारण उम्मदेवारी दर्ताका दिन दलभित्रै केही ठाउँमा झडप भएको पाइएको छ । निर्वाचन आचारसंहिता पालनामा राजनीतिक दल तथा सरोकारवाला सचेत भए तापनि उम्मेदवारी दर्ताका दिन उम्मेदवारबाट शक्ति प्रदर्शन गर्ने ध्येयले बाजागाजा, ठूला ब्यानर र झण्डासहित निर्वाचन कार्यालयमा उपस्थित भएको पाइएको जियोक रिपोर्ट टिमका सदस्य मोहन आचार्यले जानकारी दिए ।उनले मत माग्न जाँदा दलीय गीत गाउने र माइकको चर्को स्वरका कारण मतदाता असन्तुष्ट भएको पर्यवेक्षणबाट देखिएको बताएका छन् ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचनमा बिभिन्न दलहरु नेताहरुले एक अर्काप्रति गरेको टिप्पणीप्रति चासो देखिएको बताएका छन् । त्यस्तै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लोकतन्त्रको विकासका लागि निर्वाचन स्वच्छ हुनुपर्ने उल्लेख भन्दै निर्वाचनलाई स्वच्छ, भयरहित र शान्तिपूर्ण बनाउन सवै गम्भीर हुनुपर्ने धारणा राखेका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारी दर्तादेखि निर्वाचनपूर्वका समयमा ६० बढी उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेकामा स्पष्टीकरण सोधेको जानकारी दिनुभयो । उहाले आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन कानुनअनुसार कारबाही हुने बताए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!