मुलुकलाई दुर्घटनाबाट बचाउने काम गठबन्धनले गरेको छ -नेपाली कांग्रेस

नेपाली कांग्रेसले मुलुकलाई दुर्घटनाबाट बचाउने काम गठबन्धनले गरेकाले जनताले बिश्वास गर्ने दावी गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले यसअघिको एमाले सरकारले मुलुक दुर्घटनातर्फ लैजान खोजेको र त्यसलाई गठबन्धनले बचाएको भन्दै यसपटक जनताले विश्वास गर्ने बताए ।

उनले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै जनतासंग भोट माग्ने आधार एमालेसंग नरहेको तर्क गरेका छन् ।

महतले आर्थिक सुशासन, विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, संविधान निर्माण, कानुनको शासनको कोणबाट एमाले असफल भएको बताएका छन् । प्रवक्ता महतले यसअघिको सरकारको पालामा भ्रष्टाचार भएको र मुलुकको बेहाल भएको पनि बताए । ओली सरकारको पालामा नै मुलुकको अन्तराष्ट्रिय सम्बन्ध कमजोर भएको उनको भनाई छ । उनले कांग्रेस सरकारमा आउँनासाथ मुलुक अनुदानमय भएको दाबी गरे । गठबन्धनको सरकार आउने बितिकै अनुदान बढ्न लागेको र ऋण घट्न थालेको उनले बताएका छन् ।

प्रवक्ता महहतले कांग्रेस लोकतन्त्र, संविधान बलियो पार्नका गठबन्धनलाई बलियो बनाएर अघि बढाउनुको बिकल्प नभएको जिकिर गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!