कसैले तर्साउदैमा जनता तर्सिदैनन् -अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले तर्साउदैमा जनता नतर्सने बताएका छन् ।

आइतबार बुटवलमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरुले मत माग्ने नाममा जनता तर्साउँदै हिँडेको भन्दै कसैले तर्साउदैमा जनता नतर्सने बताए । एमालेले अघि सारेका बिकास योजनालाई वर्तमान सरकारले अवरुद्ध पारेको भन्दै ओलीले वैशाख ३० गतेको चुनावमा जनताले जरादेखि टक्टक्याएर फ्याक्ने जिकिर गरेका छन् । अध्यक्ष ओलीले आगामी जेठ १५ गते गठबन्धनको सरकारको अन्तिम बजेट हुने समेत बताएका छन् । उनले मुलुकलाई समृद्धिको दिशतर्फ अघि बढाउनका साथै संघीय र प्रदेश सरकार बनाउँदा विनियोजित हुने बजेट अलपत्र हुनबाट जोगाउन एमाले जित आवश्यक रहेको धारणा राखे । यसअघि एमालेले बुटवल नगरमा धेरै नै बिकासका काम गरेको भन्दै थप बिकासको जिम्मा पनि एमालेलाइ दिन उनले आग्रह गरेका छन् ।

ओलीले एमालेको विजयी यात्रा स्थानीय तहबाटै सुरु हुने दावी गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!