कलाकारहरु राजनीतिमा झुमिदै

काठमाडौँ -नेपली कलाकारहरु राजनीतिमा प्रवेश गर्दै – कुनै एक पार्टीमा त कुनै अर्कै पार्टीमा । किन प्रवेश गर्दै छन् त ?

नेपाल एक सानो राज्य हो र यहाँको जनसङ्ख्या पनि थोरै छ यती हुदा नि यहाँ को सरकारले केहि गर्न सकेको छैन । हरेक दिन नेपाली युवा युवतीहरु बिदेशीएका छन् । करिब १२०० -१५०० विद्यार्थी हरेक दिन बिदेश तिर लाग्ने गर्छन । एस्तो हुदा पनि हामी नेपाली जनता चुप लागएर बसेका छन् । आफ्नो छोराछोरी बिदेश पठाउदा हरेक आमा बुवा को मन कहाँ रुदैनर तर पनि पठाउन बाद्य छन् । १५ वर्ष मा एस.इ.इ सकिदै स्कूल तिर १२ पछि मेरो मा आऊ मा बिदेश पठाउछु भन्ने को लाईन हुन्छ । हामी कस्तो देश मा जन्मियौ जहाँ आफ्नै देशबाटनै बिदेश जाऊ राम्रो पढाई हुन्छ राम्रो कमाई हुन्छ भनेर सिकाउने गर्छन र यस्तो कुरामा सरकार को ध्यान कहिले जादैन ।

त्येस्तै कलाकारहरु पनि बिदेशीदै छन् नेपाली सिनेमाले आहिले को ट्रेन्ड अनुसारको चलचित्र बनाउन पाएका छैनन् किनकि सबै युवायुवती हरु बिदेशीएका छन् र बुडा बुडी हरु मात्रै छन् जसले गर्दा नेपाली सिनेमालाई पनि नराम्रो असर परेको छ। बलिउडका थुप्रै कलाकरहरु राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । अहिले नेपालमा पनि धेरै जसो कलाकारहरु राजनीतिमा हुमियेका छन् । संसारका ठूला मुलुकमा राष्ट्रवाद र ‘पपुलिज्म’को लहर चल्दै गर्दा सेलिब्रिटी पनि राजनीतिमा खुल्न थालेका छन् । नेपालमा पनि – र्‍यापर बालेन शाह , नायक भूबन केसी , निर्देशक नीर शाह ,अभिनेत्री करिश्मा मानन्धर,अभिनेत्री रेखा थापा गायिका कोमल ओली आदिले राजनीतिमा प्रवेश गरका छन् । कलाकारहरु देशका गहन हुन् र राजनीति एक फोहोरी खेल हो त्येसैले पनि जनताले राम्रो मानेका छैनन् तर येस्तै भइ राखे नेपालको हालत बत्त्तर हुदै जानेछ त्येसैले पनि कलाकारहरुले राजनीतिमा प्रवेश गर्दै छन् । यो फोहोरी राजनीतिलाई राम्रो बाटो तिर लग्न कलाकारहरु आघि बढेका हुन् ।

नेकपा एमाले प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले पार्टी प्रवेशको औचित्य पुष्टि गर्न तीन कारण पेस गरिन् । पहिलो– केपी ओली, दोस्रो– एमालेको एजेन्डा र तेस्रो– सो पार्टीप्रति नागरिकको सद्भाव ।

पाका अभिनेता एवं निर्देशक नीर शाहलाई कांग्रेसको कोटाबाट राष्ट्रियसभाको सदस्य बन्ने भएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै जोडबलमा शाहको नाम अघि सारिएको स्रोत बताउँछ ।

उम्मेदवारी दिएका र्‍यापर शाहले फेसबुकमा लेखेका छन्, ‘अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं आफैं बनाउँछौं ।’ पेसाले इन्जिनियर समेत रहेका शाहले मेयर पदमा उम्मेदवारी दिएका छन् ।

त्येस्तै बिहीबार चितवनमा भएको गठबन्धनको कार्यक्रममा हास्य कलाकार सन्दीप छेत्रीले प्रचण्डकी छोरी रेणु दाहाल को तारिफ गरेका थिए । उनले भनेका “प्रचण्डजि तपाइले गज्जब को छोरी पाउनु भएको छ ” त्येस्तै उनले रेणु दाहाललाई जितौउन जनता माज अनुरोद गरेका छन् । उनको यो भनाइ पछि उनि विवाद तानिएका छन् ।

अहिलेको सन्दर्ब हेर्दा जनताले कुनै पनि पार्टी को खुलेआम प्रशंसा गरिरहेका छैनन् र येस्पली सबैले हाम्रोलाई भन्दा राम्रोलाई चुन्नु पर्छ अब परिणाम के आउछ त्यो त बैशाख ३० पछिनै थाहा हुन्छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!