नेपालको आर्थिक बृद्धि सन्तोषजनक नै रहेको छ- महाप्रसाद अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको आर्थिक बृद्धि सन्तोषजनक नै रहेको बताएका छन् ।

बुधबार नेपाल चार्टड् एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले गत बर्षको ५ दशमलव ८ रहदा यस बर्षको ५ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धिलाई सन्तोषजनक नै मान्नुपर्ने बताए । उनले विश्वबजारमा देखिएको इन्धनको मूल्यबृद्धिको असर नेपालको अर्थतन्त्रमा देखिएको धारणा राखेका छन् । अहिलेको अवस्थामा बाह्य क्षेत्र नै चुनौतीपूर्ण कुरा भएको उनले बताए । उनले करिव दुई अर्वको निर्यातले २१ अर्वको आयातलाई धान्न नसक्ने भन्दै इम्पोर्ट धान्ने रेमिट्यान्सबाट भएको तर अहिले रेमिट्यान्स सस्टेनेबल नरहेको तर्क गरेका छन् ।

गभर्नर अधिकारीले रेमिट्यान्सलाई औपचारिक बनाउन खोज्दा पनि सम्भव नहुने देखिएको बताए ।

उनले केहि आयात गरेका सामाग्रीहरु नेपालमा नै प्रयोग नहुने अवस्था अहिलेपनि देखिएको भन्दै त्यसका बिषयमा अनुसन्धानको आवश्यकता रहेको धारणा राख्नुभयो । त्यस्तै उहाले सामान नै नआइकन पनि भुक्तानी गरिएको होकी भन्ने आशंका पनि देखिएको उल्लेख गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!