मैले राजनीतिक छाडेको छैन पदमात्र नलिएको हो – उमेदवार सिर्जना सिंह

काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उमेदवार सिर्जना सिंहले आफुले राजनीतिक नछाडेको भन्दै पदमात्र नलिएको बताएकी छिन् ।

कांग्रेस सुदूरपश्चिम–काठमाडौं महानगरपालीका चुनाव प्रचार–प्रसार तथा परिचालन समितिले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले आफ्नो उम्मेदवारीका बिषयमा अफवाह फैलाइरहेको भन्दै आफु राजनीतिमा नै सक्रिय रहेको बताएकी छिन् ।

राजनीतिक र घरलाई संगै अघि बढाउनुपर्दा पदमा मात्र नबसेको उनको भनाई छ । उनले नेपाल महिला संघ र महिला अधिकारकर्मीले आफुलाई अगाडी आउन प्रेरित गरेकाले आफुले अहिले मेयर पदमा उम्मेदवारी दिएको धारणा राखेकी छिन् ।

सिंहले पार्टीले प्रस्ताव गरेपछि संकल्प तयार पारेको उल्लेख गर्नुभयो । उहाले महानगरलाई सुशासनका साथै चुस्त सेवा प्रदान गरिने बताइन् ।

उनले आफुले सार्वजनिक गरेका संकल्पहरुलाई पुरा गरेरै छाड्ने पनि बताइन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!