बिद्रोही उम्मेदवारहरु गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउने विश्वास व्यक्त -नेपाली कांग्रेस

सारांश :

नेपाली कांग्रेसले स्थानीय तहमा उठेका बिद्रोही उम्मेदवारहरु गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउने विश्वास व्यक्त गरेको छ ।

कांग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केहि स्थानमा बाहेक अन्य स्थानमा गठबन्धन सफल भएको भन्दै बिद्रोही उम्मेदवारहरु गठबन्धनको पक्षमा नै आउने जनाएको हो । पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत्तले तालमेल गर्ने ठाउँमा पार्टीको निर्णय स्वीकार गरेर जिम्मेवारीपूर्ण तरिकाबाट उम्मेदवारी मनोनयन दर्ता भएको बताएका छन् । कतिपय ठाउँमा समझदारी र पार्टीको निर्देशनविपरीत उम्मेदवारी नदिन अनुरोध गरिएको उनले बताए । प्रवक्ता महतले देशभरका स्थानीय तहमा कांग्रेसका तर्फबाट ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दिएको जानकारी दिएका छन् । उनले कांग्रेस आचारसहितभित्र बसेको तर एमालेले आचारसंहिता बिपरित काम गर्दा निर्वाचन आयोग मौन बसेको भन्दै आयोगको ध्यानाकर्षण गराउने बताएका छन् ।

उहाले मुलुकको समृद्धि र बिधिको शासन अनुसार सबै दल चल्नुपर्ने बताएका छन् । प्रवक्ता महत्तले प्रचार अभियानलाई तीव्र बनाइएको जानकारी दिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!