तालमेलका बिषयमा जेजस्तो बहस भएपनि अब पार्टीले गरेको निर्णय अनुसार सबै अघि बढ्छ – महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तालमेलका बिषयमा जेजस्तो बहस भएपनि अव पार्टीले गरेको निर्णय अनुसार सबै अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले पार्टीभित्र बहस,मतभेद हुनु स्वभाविक भएको भन्दै पार्टीको आधिकारीक निर्णय अनुसार सवै अघि बढ्नुपर्ने बताएका हुन् ।

तालमेलका बिषयमा आफुले उठाएको बहस सैद्धान्तिक बिषय भएकाले यसलाई पछि छलफल गर्न सकिने उनले भनाई छ । उनले निर्वाचनमा एकढिक्का भएर पार्टीलाई बिजयी गराउनुपर्ने बताए ।

थापाले पार्टीभित्र टिकटलाई लिएर असन्तुष्टि राख्ने सबैलाई समेटेर अघि बढ्ने स्पष्ट परेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!