नेपाल ओलम्पिक कमिटीको आयोजनामा आर्ट फेस्टिबल हुने

नेपाल ओलम्पिक कमिटीको आयोजनामा आर्ट फेस्टिबल आयोजना भएको छ ।

चीनको हाङचोउमा हुने एसियाली खेलकुद प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो । विश्व खेलकुदका कुनै ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ । फेस्टिबलमा १७ स्कुलका विद्यार्थीको सहभागिता रहेको र उनीहरुले बनाएका आकृति मंगलवार बैशाख २० गते प्रदर्शनमा राखिने बताइएको छ । यसमा सहभागी हुनेमध्येबाट ब्वाइजतर्फ ५ र गल्र्सतर्फ ५ उत्कृष्ट चयन गरिनेछ । यसलाई ओलम्पिक काउन्सिल अफ एसियामा पठाइने छ र उसले थप छनोट गर्दै हाङचोउमा हुने प्रदर्शनमा राखिने कमिटीले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!