नेकपा एकीकृत समाजवादीपार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसके-अध्यक्ष माधवकुमार नेपाल

सारांश :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेको दावी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगाएतका केहि सदस्यहरुगरि झण्डै ३५ जना निर्विरोध निर्वाचित भइसकेको दावी गरेका हुन् । अध्यक्ष नेपालले यस्तै बिजयी सुरुवात यसअघि राष्ट्रियसभाबाट पनि भएको भन्दै अन्य निर्वाचनमा पनि पार्टीको बिजय सुनिश्चित रहेको उनले बताए । अध्यक्ष नेपालले निर्वाचनबाट आउन परिणामलाई स्वीकार गर्न सबै तयार हुनुपर्ने जिकिर गरेका छन् । उनले उम्मेदवार चयनका बिषयमा देखिएका बिषयमा गठबन्धनभित्र समिक्षा हुने पनि बताएका छन् ।

कार्यक्रममा नेकपा एककिृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालबीच एकता घोषणा गरिएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!