सामाजिक सुरक्षा भत्ताको सुरुवात हामीबाटै भएको हो -अध्यक्ष माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सामाजिक सुरक्षा भत्ताको सुरुवात आफुहरुले नै गरेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले बुद्ध भत्ता, अपाङ्गता, एकल महिला लगाएतका सामाजिक सुरक्षा भत्ताको सुरुवात केपी ओलीले भनाई मनमोहन र आफुले गरको बताउनुभएको हो । उनले यसअघिको ओली सरकारले ओम्नी र यती समूहसंग मिलेर भ्रष्टचारको काम गरेको र आफुहरुले जनताको लागी काम गरेको दावी गरेका छन् ।

अध्यक्ष नेपालले इमान्दारिता र निष्ठाको राजनीतिका साथ जनताप्रति समर्पित हुँदै अघि बढ्ने जिकिर गर्नुभयो । उनले राम्रो काम गर्न सकेमात्र मनोबल उच्च हुने भएकाले घोषणापत्रमा उल्लेख बिषयलाई जनतामाझ लानुपर्ने धारणा पनि राखेका छन् ।

उनले छिटो समयमा नै जनताले विश्वास गरेर नै एकीकृत समाजवादी छोटो समयमा बलियो पार्टी हुन सफल भएको बताउनुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी र एकीकृत नेकपाबीच एकता घोषणा गरिएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share This

Share This

Share this post with your friends!