आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न सक्दैनन् – एमालेका महासचिव शंकर पोखरेल

सारांश :

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने ठोकुवा गरेका छन् ।

नेकपा एमाले सम्पर्क समन्वय कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको भन्दै आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका हुन् ।

एमाले बलियो पार्टी भएकै कारण कांग्रेससहितका सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको उनको भनाई छ । उनले आफ्नो भविष्य रक्षाका लागि गठबन्धन बनाएर अघि बढेपनि उनीहरुको स्वार्थ नमिलेको दृश्य स्थानीय तहको मनोनयनका क्रममा देखिएको धारणा राखेका थिए । पोखरेलले गठबन्धनको कुनै लक्ष्य, उदेश्य रहेको भन्दै मुलुकको नेतृत्व गर्न नसक्ने उल्लेख गरेका छन् । त्यस्तै उनले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लंघन गर्ने नेता माधव कुमार रहेको बताएका छन् । एमालेमा रहदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले आफु पार्टीको अध्यक्ष र संसदीय दलको प्रमुख बनेर बसेको भन्दै उहाले एक व्यक्ति, एक पदको नारा दिएर नेकपा फुटाइएको आरोप लगाएका छन् ।

उनले अबको सबै निर्वाचनमा एमाले बिजयी हुने र एमालेको झण्डा फहराउने दावी गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!