राजनिती

केशव स्थापितद्वारा काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता

By अर्जुन भट्टराई

स्थानीय तहका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् ।

सोमबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसंग कुरा गर्दै उहाले आफ्नो बिकासको योजना देखेर जनताले बिजयी गराउने बताए । स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै त्यस्तै एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गराएकी छिन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.