डिस मिडिया नेटवर्कद्वारा ‘क्याम्पस वाइफाई सोलुसन’ सार्वजनिक

डिस मिडिया नेटवर्कले ‘क्याम्पस वाइफाई सोलुसन’ सार्वजनिक गरेको छ ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा जारी क्यान ईन्फोटेकमा पत्रकार सम्मेलन गर्दै डिश मिडियाले क्याम्पस वाईफाई सोलुसन सार्वजनिक गरेको हो । क्याम्पस वाइफाईको एउटा डिभाइसबाट एकै ठाउँमा धेरैले इन्टरनेट प्रयोग गर्न सक्नेगरी नयाँ प्रोडक्ट ल्याएको डिस मिडिया नेटवर्कले जनाएको छ । क्याम्पस वाइफाई सोलुसन हुवावेले विकास गरेको वाइफाई ६ प्रविधिमा आधारित रहेको डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए । आचार्यले डेढ वर्षमा डिस होम फाइबर नेटसंग १ लाख २० हजार ग्राहक जोडिएको जानकारी दिनुभयो । वाइफाई ६ भविष्यको प्रविधि भएकाले नेपालमा यसको प्रयोग बढ्ने उनको भनाई छ ।

नयाँ प्रोडक्टले वाइफाईको रेन्ज नपुग्ने ठाउँमा पुर्याउने र नेट नचल्ने समस्या पनि समाधान हुने डिस मिडिया नेटवर्कले जनाएको छ । डिजिटलाइज क्षेत्र बनाउन होटल, रिसोर्ट, बैकिङ लगायतका क्षेत्रमा यसको प्रयोग गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!