अवसरबादी कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भयो -महासचिव मोहन बैद्य

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले अवसरबादी कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बैद्यले सुरु सुरुमा क्रान्तिकारी र पछि अवसरबादी भएका कम्युनिष्टहरुका कारण मुलुकको अवस्था ध्वस्त भएको बताएका हुन् ।

उनले प्रचण्ड र केपी ओलीको पार्टी नवप्रतिक्रियावादी भएको टिप्पणी पनि गरे । जनयुद्धका बेला प्रतिकृयाबादीको रक्षा कबज भन्दै एमाले प्रवृतिका बिरुद्ध संघर्ष गरेको र पछि गएर अवसरका खोज्दै प्रचण्डले त्यही एमालेसंग एकता गरको उनले बताए । सामन्तवादीको रुपमा रहेको कांग्रेसलाई टेकोसो लगाएर गठबन्धन सरकार बसको टिप्पणी गर्दै बैद्यले गठबन्धन सरकारले देशलाई केहि गर्न नसक्ने धारणा राखेका छन् । पुरानो राज्यसत्ता हटाउनसंगै लडेपछि ओली र प्रचण्डलाई अहिले पुरानो राज्यसत्ताको बन्दुकले बचाईरहको उनको भनाई छ । त्यस्तै उहाले पञ्चायतमा अन्य दललाई दमन गर्न जे कदम चालिएको थियो, अहिलेको कम्युनिष्टले त्यहि कदम चालिरहेको तर्क पनि गरे ।

बैद्यले नवप्रतिक्रियावादीसंग लड्नका लागि बिचार मिल्ने कम्युनिष्टहरुबीच एकता गर्नुपर्ने बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!