देशलाई बचाउन र सम्वृद्धिको बाटोमा लैजान सही नेतालाई चुनेर भोट दिनेगरौ – अध्यक्ष राजेन्द्र लिङ्देल

सारांश :

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले देशलाई बचाउन र सम्वृद्धिको बाटोमा लैजान सही नेतालाई चुनेर भोट दिन नेपाली जनतालाई अपिल गरेका छन् ।

बिहिबार राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर समितिले बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देश अत्यन्त्यै गम्भीर अवस्थामा पुगेकोले देशलाई बचाउन अब नेपाली जनताले ठिक पार्टी र ठिक मान्छे छनौट गर्न अपिल गरेका हुन् ।

उनले नेताहरुले राजनीतिलाई लुटेर खाने पेशा बनाएको भन्दै देशको समस्या समाधान गर्ने बैकल्पिक पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि आएको दाबी गरेका छन् । अध्यक्ष लिङ्देलले आफ्नो पार्टीले लिएको योजना र संकल्प पूरा गर्न पनि नेपाली जनताले यसपाली आफुहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले अहिले देशका ३ वटा अंगहरुका बिचमा नियन्त्रण र सन्तुलनको अवस्था विग्रिएकोले देश संकटमा फसेको बताएका छन् । उनले संसद -संसद जस्तो नभएको,सरकार- सरकार जस्तो नभएको उल्लेख गरेका छन् ।

अध्यक्ष लिङ्देलले नेपालका ठूला पार्टीहरुले ३२ वर्षदेखि नेपाली जनतालाई झुक्याएर राखेकोमा खेद प्रकट गर्दै राजनीतिमा भ्रष्ट प्रवृत्ति मौलाएकोले यसको अन्त्य गर्ने काममा आफुहरु लागिपरेको बताएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
>
Share This

Share This

Share this post with your friends!