कांग्रेसले महानगर र उपमहानगरपालिकाका उम्मेद्वारको चयन कार्यसम्पादन समितिबाट नै तयार गर्ने

नेपाली कांग्रेसले महानगर र उपमहानगरपालिकाका उम्मेद्वारको चयन कार्यसम्पादन समितिबाट नै गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कांग्रेस शिर्ष नेताहरुको बैठकमा पार्टीको कार्यसम्पादन समितिबाटै टिकटको टुङ्गो लगाउने र संसदीय बोर्ड पछि मात्रै बनाउने बिषयमा छलफल भएको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाश शरण महत्तले कार्यसम्पादन समिति ३८ जनाको रहेको र २५ जनाको संसदीय बोर्ड बनाउनुपर्ने भएकाले बोर्डमा रहने संभावित नेताहरु नै समितिमा रहेकाले कार्यसम्पादन समितिबाट नै टिकटको टुङ्गो लगाउने बताएका छन् । उनले अन्य स्थानीय तहमा पनि सहमतिबाटै शनिबारसम्म टिकट बितरण टुङ्ग्याउने जानकारी दिएका छन् । डा महतले कांग्रेसको कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने र ६ वटा महानगरपालीको बिषयमा छलफल हुने बताए ।

यसअघि बुधबार सत्ता गठबन्धनमा ६ महानगर र ११ उपमहानगरपालिका प्रमुख उपप्रमुखको भागबण्डा टुंगिएपछि कांग्रेसले उम्मेदवार तय गर्न सन्दर्भमा छलफल सुरु गरेको हो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!