(डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच भेटवार्ता

सारांश :

नेपाल भ्रमणमा रहनुभएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच भेटवार्ता भएको छ ।

बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले महानिर्देशक डा टेड्रोसले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालको समर्थन रहेको बताएका थिए । मन्त्री खतिवडाले नेपाली जनताको स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा धन्यवाद दिएका छन् । उनले औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लुएचओबाट सहकार्य आवश्यक रहेको धारणा राखे । मन्त्री खतिवडाले नेपालले स्वास्थ्य सेवाहरूमा सबैको समतामुलक पहुँच अभिवृद्धि गर्न एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तीय रणनीति तर्जुमा गर्ने योजना बनाएको जानकारी दिएका थिए ।

भेटका क्रममा महानिर्देशक टेड्रोसले नेपाललाई डब्लुएचओको साथ निरन्तर रहने बताएका छन् । त्यस्तै बिहीबार नै महानिर्देशक टेड्रोसले परराष्ट्रमन्त्री डा नारायण खड्कासंग पनि भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटमा दुईपक्षिय हितका बारेमा छलफल भएको बताइएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!