महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार हुने

सारांश :

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरुको निर्णय शनिबार गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बिहीबार बसेको एमाले सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरुबारे छलफल भएको र यस बिषयमा आगामी बैठकले टुङ्गो लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले सातवटै प्रदेश कमिटीले गरेको सिफारिसका नाममा नै छलफल भएको बताएका छन् । गुरुङले भरतपुर महानगरबाट बिजय सुवेदी, बीरगंजबाट बिजय सरागवी र ललितपुरबाट हरिकृष्ण व्यञ्जनकारको नाममात्र सिफारिस भएको बताए । पोखराबाट १२ जनाको नाम आएको भन्दै उहाले गण्डकी र लुम्बिनीमा प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने उनले बताए । गुरुङले शुक्रबार एमालेको कार्यालय तुलसीलाल स्मृति भवनमा उद्घाटन गरिने र घोषणा पत्र पनि सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

त्यस्तै शुक्रबार नै १७ जना कम्युनिष्ट नेताहरुलाई एमालेले सम्मान गर्ने उनले बताए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!