फर्किए नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

सारांश :

सर्वोच्चको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किएका छन् ।

मंगलबार सर्वोच्च अदालतले गभर्नरलाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न दिन सरकारको नाम अल्पकालीन आदेश जारी गरेपछि अधिकारी बुधबारबाट नियमित काम फर्किएका हुन् । राष्ट्र बैंक पुग्दा कर्मचारीहरुले अधिकारीलाई भव्य स्वागत गरेका थिए ।

काममा फर्किएपछि गभर्नर अधिकारीले आफुले सिष्टमका लागि आवाज उठाएको भन्दै यसमा सवैले साथ दिएको धारणा राखे । राष्ट्र बैंक, गभर्नर, अर्थ मन्त्रालय व्यक्ति नभई संस्था भएकोले विभिन्न घटना– परिघटनाले यस्तो परिस्थिति ल्याउने र आफु आग्रह, पूर्वाग्रहबिना काम गर्ने उनले बताएका छन् ।

यसअघि अर्थमन्त्रालयले अधिकारीमाथि छानविन समिति गठन गरेपछि निलम्वनमा परेका थिए । त्यसपछि सर्वोच्च गएका अधिकारीलाई पदीय जिम्मेवारी गर्न समेत आदेश दिएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!