आज बिस्केट जात्राको अन्तिम दिन

सारांश :

भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन सोमबार स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ ।
प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा उभ्याइएको उक्त लिङ्गो सोमबार विधिपूर्वक रूपमा पूजाअर्चना गरेर ढालिएको हो । बिस्केटामा उठाइने लिङ्गो हेर्नाले शत्रु नाशहुने र बैभव प्राप्त हुने जनविश्वस रहेको जानकारहरुको भनाई छ । बिस्केट जात्रा भित्रको महत्वपूर्ण जात्रा लिङ्गो उठाउने जात्रा भएकाले विधिपूर्वक पूजापाठ गरी लिङ्गो ढालिएको जनाइएको छ ।

त्यस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्केट जात्रा अपराह्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा रहेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!