आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समूदायको प्रतिनिधित्व गराउन दबाब

सारांश :

राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले आगामी स्थानीय तहका कार्यकारी पदमा दलित समूदायको प्रतिनिधित्व गराउन दबाब दिएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले संवैधानिक व्यवस्था अनुसार दलित समुदायको प्रतिनिधित्व हुनेगरि पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा टिकट दिनुपर्ने माग गरेको हो । अभियानले निर्वाचित जनप्रतिनिधिहरुले जातीय विभेद गरेमा स्वतः पद खारेज हुने कानुन बनाउनपर्ने, जातीय विभेद तथा छुवाछुतको कुनैपनि कसुरमा संलग्न मानिसलाई पार्टीको जिम्मेवारीबाट तत्काल हटाउनुपर्ने र यसमा सबै राजनीतिक दलहरुले प्रतिवद्धता जनाउनपर्ने माग अघि सारेको छ । अभियानले २०७४ सालको निर्वाचनमा निर्वाचित भएका दलित महिला सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखी उनीहरुको उचित व्यवस्थापन गरिनुपर्ने पनि अर्को महत्वपूर्ण माग अघि सारेको छ । पत्रकार स्म्मेलनमा दलित अभियान्ता राजु सुनारले आसन्न निर्वाचनलाई मध्येनजर गर्दै जातिय विभेदलाई हटाउन आफुहरु लागेको बताए । दलित समूदायको मुक्तिका लागि स्थानीय चुनावमा दलितको प्रतिनिधित्व गराउन दबाब दिन कार्यक्रमको आयोजना गरिएको सुनारले जानकारी दिएका छन् ।

नेपालमा जातिय भेदभाव कहिलेदेखि भएको भन्ने यकिन तथ्यांक नभएको भन्दै उहाले करिब २६ सय वर्ष अघिदेखि कामको आधारमा जातीय भेदभाव सुरु भएको उल्लेख गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!