राजनिती

विवेकशील साझा पार्टीद्वारा काठमाडौं महानगरका उम्मेद्वारको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक

By अर्जुन भट्टराई

विवेकशील साझा पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौं महानगरका उम्मेद्वारको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।

ललितपुरस्थीत पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै विवेकशील साझा पार्टीले काठमाडौं महानगरको बिकासको योजना सहितको चुनावी प्रतिज्ञा पत्र सावर्जनिक गरेको हो ।

प्रतिज्ञा पत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवा कला संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तारलाई मूल एजेण्डा बनाइएको छ । त्यस्तै नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा सो पार्टीको मूल एजेण्डामा राखिएको छ ।

पत्रकार सम्मेलनमा विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले प्रतिज्ञा पत्रमा भएका बिषयलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । उनले आफ्नो दलका उम्मेदवारको इमान्दारी, परिपक्वता र क्षमताको परीक्षण गर्न दिन पनि आग्रह गरे ।

विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार घोषणा गरेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.