संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्छ – अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

सारांश :

अध्यक्ष पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्ने र परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा एमाले नुवाकोटका नेता माधव पाण्डे लगाएतलाई माओवादी प्रवेश गराउदै प्रचण्डले यसअघि पनि संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भएको भन्दै परिवर्तन उल्ट्याउन खोज्नेबिरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले देश र बिकासको नेतृत्व गर्ने माओवादी नै भएको दावी गरे । देशका मधेशी, थारु, आदिवासी लगाएत सबै समूदायको पहिचान र अधिकार माओवादी कै कारण भएको उनले बताए ।

कार्यक्रममा मधेश र सुदूरपश्चिम क्षेत्रका बिभिन्न दलआवद्ध कार्यकर्ताहरुलाइ पनि माओवादी प्रवेश गराइएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!