माओवादीलाई घेराहाल्ने क्रम रोकिएको छैन – अध्यक्ष पुष्प कमल दाहाल

सारांश :

अध्यक्ष पुष्प कमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिलेपनि माओवादीलाई घेराहाल्ने क्रम नरोकिएको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले जनयुद्धका बेला पनि माओवादीलाई सखाप पार्न भ्रम छर्दै प्रतिकृयाबादीहरुले घेराहाल्ने गरेको र त्यो क्रम अहिले पनि जारी रहेकाले माओवादी एक भएर प्रतिरोध गर्नुपर्ने बताए ।

प्रचण्डले नेकपाका नेताहरुसंग छलफल भइरहेको भन्दै नेकपाको सिंगो टिमलाई पार्टीमा एकताबद्ध गराउने वातावरण बन्दै गएको दावी गरेका छन् ।

उनले नेकपाका केहि नेताहरु अझै पनि जेलमा रहेको भन्दै उनीहरुलाई जेलबाट छुटाउन आफूले पहल गरिरहेको जानकारी दिनुभयो । उहाले छरिएर रहेका माओवादीहरु एक भएर प्रतिक्रियाबादीलाई प्ररास्त गर्नुपर्ने धारणा रखेका छन् । बैज्ञानिक समाजवादतर्फको यात्रालाई माओवादीको नेतृत्वमा बलियो बनाउने आधार निर्माण आधार तयार भएको उनले बताए । प्रचण्डले एमालेभित्रै८० प्रतिशतभन्दा बढी इमानदार कम्युनिस्ट रहेको जिकिर गर्नुभयो । नेतृत्वले भ्रम दिएर बन्दी बनाई राखेका उनीहरुलाई माओवादीले मुक्त गर्नुपर्ने उनले बताएका छन् ।

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनले ल्याएको परिवर्तन उल्टाउन देशी विदेशी शक्ति सक्रिय भएर लागिरहेको उल्लेख गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!