राजनिती

गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौं नारा सार्वजनिक

By अर्जुन भट्टराई

चित्र बहादुर केसी

राष्ट्रिय जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौं नारा दिएर स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

बुधबार बुटवलमा पत्रकार सम्मेलन गर्दै जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा स्थानीय तहमा रहेको बेरुजु न्यूनीकरण गर्दै स्वशासनमा जोड दिने तथा भ्रष्टाचारको रोकथाम गर्ने उल्लेख गरिएको छ ।

गाउँको विकासका लागि छुट्टै ग्रामीण विकास मन्त्रालयको गठन गर्ने बताइएको छ । घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले स्थानीय तहलाई बलियो बनाउन आफ्नो शक्ति केन्द्रित हुने बताए । विकेन्द्रित र सन्तुलित विकास नीतिसहित २८ बुँदे घोषणापत्र सार्वजनिक गर्दै उहाँले चुनावमा अन्य दलसँग एकता गरेर गए पनि आफ्नो चुनावी एजेण्डालाई आफ्ना उम्मेदवारले कार्यान्वयनमा लैजाने बताएका छन् । केसीले संविधानमाथि खतरा देखेर प्रतिगमनका बिरुद्ध पाँच दलिय गठबन्धन बनेको धारणा राख्नुभयो । सदनलाई चल्न नदिएर प्रतिगमन अझै पनि सक्रिय रहेकाले गठबन्धनको औचित्य कायमै रहेको उनको भनाई छ ।

घोषणा पत्रमा स्रोत संरक्षण तथा प्रवद्र्धनमा जोड दिने एवं कृषि एवं कृषिजन्य उद्योगको विकासका लागि प्रयत्न गर्ने उल्लेख छ । यसैगरी सबैको समान विकासका लागि पिछडिएका समुदाय र दुर्गम क्षेत्रको विकास गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.