राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालद्वारा पद तथा गोपनियताको सपथ

सारांश :

राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहाल

राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहालले पद तथा गोपनियताको सपथलिएका छन् ।

मंगलबार सिंहदरबारमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दाहाललाइ शपथ गरेका हुन् । त्यस्तै अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई सङ्घीय संसद्को लोगो प्रदान गरेका थिए । सपथ पछि दाहालले देश र जनताप्रति गरेका प्रतिवद्धतालाई कानूनी र व्यवहारिक रुपमा कार्यान्वयन गर्न जोड दिने बताएका छन् । उनले समृद्ध नेपाल नारालाई साकार पार्न पनि प्रयत्न गर्ने र देशको राष्ट्रियतालाई आँच आउन नदिन डटेर लड्ने धारणा पनि राखेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत २५ गते दाहाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत गरेकी थिन् । सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!