घरघर जाऔं, कांग्रेस जिताऔं अभियान उत्साहका साथ सम्पन्न

सारांश :

नेपाली कांग्रेसले घरघर जाऔं, कांग्रेस जिताऔं अभियान उत्साहका साथ सम्पन्न भएको जनाएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले स्थानीय निर्वाचनमा पार्टीलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने काम अभियानका क्रममा भएको जनाएको हो ।

सरकारले गरेका काम र विपक्षीले गरेका भ्रष्टाचारको बारेमा पुस्तिका नै बनाएर वितरण गरिएको कांग्रेस प्रवक्ता डा प्रकाशशशरण महत्तले जानकारी गराए । अभियानका क्रममा ओली सरकारका पालामा भएका बेथिति र भ्रष्टाचारदेखि एमसीसीका बारेमा पनि जनमानसमा रहेका भ्रमहरु चिर्ने काम भएको उनले बताएका छन् । उनले स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा तालमेल हुने निर्णय भइसकेको भन्दै टिकट बितरणमा केहि समय लागेको बताए । स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने कुरा भएकाले यस बिषयमा निर्णय गर्न विभिन्न तहको संरचनालाई विधानले अधिकार दिएको र सोही अनुसार आवश्यक निर्णय हुने उनले बताएका छन् ।

प्रवक्ता महत्तले अभियानका क्रममा हजारौं टोल समिति गठन भएको जानकारी दिनुभयो । कांग्रेसले फागुन २९ बाट एक महिने अभियान संचालन गरेको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!