निर्वाचनको लागि सरकार गम्भीर हुनुपर्छ -सभामुख अग्नी सापकोटा

सारांश :

सभामुख अग्नी सापकोटा

सभामुख अग्नी सापकोटाले निर्वाचनको वातावरण बनाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय सूचना आयोगले सोमबार ललितपुरमा आयोजना गरेको निर्वाचनको प्रक्रियामा सही सूचना प्रवाह विषयक अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मुलुककै महान उत्सव भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।

निर्वाचनको वातावरण छैन भनेर निराश हुने ठाँउ नरहेको भन्दै उहाले निर्वाचन सम्पन्न गर्न ३३ दिन प्रयाप्त हुने धारणा राखे ।

उनले निर्वाचनलाई सफल पार्न निष्टा र इमान्दारीपूर्वक लाग्नुपर्ने धारणा राखे । संविधानलाई माथि उठाउने र निर्वाचनमा सहभागीता जनाउने बिषयमा राजनीतिक दलहरु पनि गम्भीर हुनुपर्ने उनको भनाई छ ।

सभामुख सापकोटाले राजनीतिक दलहरु पारदर्शी र जवाफदेशी ढंगले जानुपर्नेमा जोडदिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!