लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको छ ।

लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको छ ।

सम्मेलनको नेपाल राष्ट्र बैङ्कका कामु गभर्नर डा.निलम ढुङ्गाना तिमिल्सिनाले उद्घाटन गर्नुभयो । सम्मेलनमा देश भरका ७७ वटै जिल्लाका करिब ८ सय लघु उद्यमी संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको छ सम्मेलनको उद्घाटन गर्नुहुँदै कामु गभर्नर डा ढुङ्गानाले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या छिटै समाधान हुने विश्वास व्यक्त गरे । उनले लघुवित्तको माध्यबाट देशमा महिलाको आर्थिक सामाजिक अवस्थामा सुधार गर्न पनि उल्लेखनीय सहयोग पुगेको बताए ।

सम्मेलनमा लघुवित्तहरूले हाल भोग्नुपरेका समस्या, उनीहरूले देशको अर्थतन्त्र र गरिबी निवारणको क्षेत्रमा पुर्याएको योगदान र ग्रामीण क्षेत्रको विकासमा पु¥याएको योगदान लगायतका विषयमा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरी छलफल हुने बताएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्नेछ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!