कांग्रेस, एमाले र माओवादीका कारण मुलुक अप्ठेरो अवस्थामाा पुग्यो – अध्यक्ष राजेन्द्र लिङ्देन

सारांश :

अध्यक्ष राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीका कारण मुलुक अप्ठेरो अवस्थामाा पुगेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीले मुलुक अप्ठेरो अवस्थामा पुराएको आरोप लगाएका हुन् ।

उनले दलहरु कै कारण ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको र तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा जान बाध्य भएको तर्क राखे । कांग्रेस, एमाले र माओवादी पूर्ण रुपमा असफल भएको भन्दै उनले अवको शक्ति राप्रपा भएको दाबि गरेका छन् । अरु असफल भए पनि राप्रपालाई असफल हुने छुट नरहेको उनले बताए ।

त्यस्तै राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले राप्रपाले नेपाललाई हिन्दु राष्ट्र बनाइ छाड्ने दाबी गरेका छन् । उनले लुटतन्त्रमा पल्किएका अर्थतन्त्रका मालिकहरुले मुलुकलाई अप्ठेरो अवस्थामा पुराएको धारणा राखे ।

कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई राप्रपा प्रवेश गराइएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!